Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा सांसदको प्रश्न: सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?


    बुधबार, जेष्ठ १३ २०८३
    530
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रास्वपा सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् ।

    अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको जानकारी गराउँदै उनले आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन् । नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको प्रसंग उठाउँदै उनले भनिन्, ‘दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’ ।

    काठमाथिको परनिर्भरता बन्द हुनुपर्ने बताउँदै उनले नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।

    सरकारको नीतिमा प्रश्न उठाउँदै उनले भनिन्, ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो रु’

    उनले जोड दिँदै भनिन्, ‘मैले सबै वन फँडानी गर्नुपर्छ भन्न खोजेको होइन तर हामीसँग भएको धनको सही सदुपयोग पक्कै पनि गर्नैपर्छ ।’

    सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘म सभामुखमार्फत् सरकारलाई आग्रह गर्छु, यो परनिर्भरता बन्द गर्नैपर्छ, सुरुवात यही संसद भवन र सिंहदरबारबाट सुरु गरौं । त्यसपछि देशभित्र नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार