काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराएका हुन् ।
तत्पश्चात् नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरे ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेको विषयमा सभामुखबाट रुलिङको माग गरे । राप्रपाका सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीको पालना गर्न सत्ता पक्षलाई आग्रह गरे ।
श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै विपक्षीको आवाज सुन्न आग्रह गरे । विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आइएका छन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend