काठमाडौं । सरकारले मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ हजार सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गर्न लागिएको हो ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार मनसुन सुरु हुनासाथ यी सुरक्षाकर्मीहरूलाई आवश्यक क्षेत्रमा खटाइनेछ । यसका साथै विपद्को समयमा तत्काल सहयोग पु¥याउन सम्भावित स्थानहरूमा १४ हजार स्वयंसेवकहरू समेत परिचालन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
विगतका विपद्का घटना र प्रभावका तथ्याङ्कहरूको विश्लेषण गरी क्षति न्यूनीकरण गर्न र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो कार्ययोजना लागू गरिएको हो । प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमको आकलनका आधारमा विभिन्न मन्त्रालय र सुरक्षा निकायहरूको कार्यजिम्मेवारी समेत निर्धारण भइसकेको छ ।
यसैबीच, विपद्को समयमा उद्धार, राहत तथा प्रतिकार्यका कार्यहरूलाई तीव्रता दिन बजेटको समेत व्यवस्था गरिएको छ । हाल जिल्ला, प्रदेश र केन्द्रको विपद् व्यवस्थापन कोषमा गरी कुल ७ अर्ब ५६ करोड रुपैयाँ रकम मौज्दात रहेको छ । यो रकम प्राधिकरणको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरूमा खर्च गरिने उपसचिव केसीले जानकारी दिए ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend