Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


    मंगलबार, जेष्ठ १२ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ।

    विपक्षीको अवरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर बैठक कक्षभित्र होहल्ला क्रमशः बढ्दै गएपछि संसदीय प्रक्रिया सुचारु राख्न असम्भव बनेको जनाइएको छ।

    परिस्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सभामुखले बैठक केही समयका लागि स्थगित गर्ने निर्णय गरेका हुन्। बैठक पुनः सञ्चालनका लागि १५ मिनेटको अन्तराल तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार