काठमाडौँ। गाउँघरमा टेलिफोन र इन्टरनेट पुर्याउन दूर सञ्चार कोषमा रहेको रकम खर्च गर्न सांसद महावीर पुनले आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले नागरिकबाट उठाएको रकम खेर गइरहेको जिकिर गरे। ‘नेपाल दूर सञ्चार प्राधिकरणमा ग्रामीण दूर सञ्चार कोष भनेर खडा गरिएको छ। त्यो कोषमा १६ अर्ब रुपैयाँ छ,’ सांसद पुनले भने।
नेपाल टेलिकमले प्रयोगकर्ताबाट प्राप्त गर्ने रकमको २ प्रतिशत कोषमा जम्मा गर्दै आएको छ। यो ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा विस्तार गर्नका लागि खडा गरिएको हो।
अहिले कोषको रकम खातामै थन्किएकाले त्यसको प्रयोग गर्नुपर्ने सांसद पुनको भनाइ छ। ‘सरकारले गाउँघरमा टेलिफोन र इन्टरनेट पैसा नभएर होइन, पैसा भएर पनि खर्च गर्न नसकेर नपुर्याएको हो,’ उनले भने।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend