Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ पत्रकार श्रेष्ठमाथिको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहारः पत्रकार महासंघ


    सोमबार, जेष्ठ ११ २०८३
    280
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा बरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारको निन्दा गरेको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर श्रेष्ठमाथि भएको ब्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको बुझाइ महासंघको रहेको छ ।

    समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघले निन्दा गरेको हो ।

    महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघ काठमाडौ शाखाले जनाएको छ ।

    गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ ।

    समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाई छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।
    महासंघ प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत् समाधान खोज्न सम्बद्ध पक्षसंग माग गर्दछ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार