काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा बरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी, निरन्तर धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गर्ने कार्य तत्काल बन्द गर्न प्रेस चौतारी नेपालले सरकारलाई आग्रह गरेको छ ।
चौतारीका महासचिव हिरामान लामाले सोमबार जारी गरेको बिज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध वा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
चौतारीको बिज्ञप्तिमा उल्लेख छ–‘जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरी धरपकड, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक तथा स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार भएको हाम्रो ठहर छ ।
राज्यशक्तिको आडमा सञ्चारमाध्यम तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्रको प्रेस चौतारी नेपाल घोर निन्दा तथा भत्र्सना गर्दछ । पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की, निगरानी र दबाब बढ्नुले सरकारको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने, मानसिक यातना दिने तथा सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने कुनै पनि गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई दृढतापूर्वक एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।
प्रेस चौतारी नेपाल सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ । संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै श्रमजीवी पत्रकारमाथि कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध वा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सबै पक्षसँग आग्रह गर्दछौँ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend