काठमाडौं । धनुषाको धनौजी–४ स्थित गाईगोठमा रहेको गोदामबाट अबैध रुपमा भण्डारण गरिएका ३ लाख बराबरका लत्ताकपडा सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
सोमबार भन्सार कार्यालय जनकपुर, सशस्त्र प्रहरी बल ८ नम्बर गण र सीमा सुरक्षा गुल्म महिनाथपुर गुल्मको टोलीले छापा मारी उक्त कपडा बरामद गरेको हो ।
हेडक्वाटर धनुषाका सशस्त्र प्रहरी सहायक निरीक्षक राम बम्जनको ४ जनाको एन्टी स्क्वाड टोलीको बिशेष सूचनाका आधारमा टोली खटिएको थियो ।
भन्सार कार्यालय जनकपुर नायबसुब्बा कृष्णदेव यादव, सशस्त्र प्रहरी बल ८ नम्बर गणका इन्स्पेक्टर मुकुन्दबहादुर घर्ती, सशस्त्रको महिनाथपुर गुल्मका इन्चार्ज डीएसपी सुरेश कोइराला र नेपाल प्रहरीको इप्रका औरहीका बरिष्ठ सई धनबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले गाईगोठमा गोदाम गरिएको उक्त कपडा बरामद गरेको जनाइएको छ । बरामद कपडा जनकपुर भन्सार कार्यालयमा पठाइएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend