काठमाडौँ। अमेरिका-इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता हुन लागेपछि तेल र ग्यास बोकेका जहाजहरू स्ट्रेट अफ हर्मुज पार गर्न थालेका छन्।
पछिल्ला दिनमा तीनवटा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेका जहाज हर्मुज भएर पाकिस्तान, चीन र भारततर्फ प्रस्थान गरेको भनेर जहाज ट्र्याकिङ तथ्याङकको हवाला दिंदै समाचार संस्था रोयटर्सले जनाएको छ। साथै, झन्डै तीन महिनादेखि अलपत्र परेको इराकी कच्चा तेल बोकेको एउटा ठूलो जहाज पनि चीनतर्फ लागेको छ।
यी जहाजहरू खाडी क्षेत्रबाट यसै महिना बाहिरिएका केही ठूला जहाजको जस्तै इरानले निर्देशन दिएको मार्ग प्रयोग गरेर निस्केका हुन्। गत हप्ता कूल ६० लाख ब्यारेल कच्चा तेल बोकेका तीनवटा ठूला जहाजहरू चीन र दक्षिण कोरियातर्फ लागेका थिए।
इरानीहरूले जति चाँडो हर्मुजमा राखेको बम हटाउँछन् र जहाजहरूको आवतजावत सुरू गर्न दिन्छन्, त्यति नै चाँडो अमेरिकी नाकाबन्दी हटाइनेछ।
अमेरिकाले रोक्का गरिएका रकमहरू तुरून्तै फुकुवा र स्थायी रूपमा प्रतिबन्धहरूबाट मुक्ति पाइयोस् भन्ने इरानको चाहना छ। तर ट्रम्पको ‘कार्य सम्पादनका आधारमा राहत’ दिने सिद्धान्त अनुसार अमेरिकीले भने ठोस रूपमा कामहरू पूरा भएपछि मात्र त्यसो हुन सक्ने स्पष्ट पारेको छ।
अमेरिकी अधिकारीका अनुसार समझदारी पत्रको मस्यौदामा इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने तथा अत्याधिक प्रशोधन गरिएको युरेनियमको भण्डार हटाउने विषयमा वार्ता गर्ने प्रतिबद्धताहरू समावेश छन्।
इरानले प्रशोधन कार्य स्थगित गर्ने र आणविक सामग्रीहरू त्याग्ने सन्दर्भमा आफू कतिसम्म लचिलो हुन तयार रहेको भन्नेबारे मध्यस्थकर्ताहरू मार्फत अमेरिकालाई मौखिक प्रतिबद्धता दिएको भनेर अरू दुई स्रोतको हवाला दिँदै एक्सियसले लेखेको छ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend