काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवसको आयोजना हुने समारोहलाई सम्बोधन नगर्ने भएका छन्। समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालय स्रोतले जनाएको छ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए।
यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो। गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने स्रोतको भनाइ छ।
प्रधानमन्त्री शाहले संसद्मा पनि बोलेका छैनन्। राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
त्यसका लागि संसद्मा प्रधानमन्त्रीले धन्यवाद दिने परम्परा छ। तर, यस पटक प्रधानमन्त्री शाहले धन्यवाद प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गरेका थिए।
प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको पनि उत्तर दिएका थिएनन्। प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको उत्तर दिएका थिए।
त्यस्तै, संसद्को प्रश्नोत्तर कार्यक्रममा पनि प्रधानमन्त्री शाह सहभागी भएका छैनन्। संसद् चलेको बेला हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। तर, प्रधानमन्त्री शाहले बोल्न नचाहेपछि प्रश्नोत्तर कार्यक्रम नै राखिएको छैन।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend