काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन् । सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्न सक्ने भएकाले न्यायाधीश पोखरेले आग्रह गरेका हुन् ।
काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरुले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने ।’
कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको धारणा छ ।
‘कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको रिजल्ट राम्रो आएको छ भने प्रशंसा आउँछ । ओहो म त भयंकर रैछु भन्ने खालको मेरो दिमाग बन्छ । अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रैछु भन्ने खालको पनि । त्यसले गर्दा खेरी तपाईँले त्यो दिनको बेलकाको फेसबुक र ट्वीटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट भाष्य चेन्ज भइसकेको हुन्छ । त्यस कारण मेरो हम्बल रेक्वेष्ट जुन दिन तपाईँले पब्लिकको अलि बढी चासो भएको मुद्दाको बहस पैरवी वा फैसला गर्नुहुन्छ त्यो दिनको बेलेकाको केही पनि नहेर्नु ।’ उनले भने
तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले त्यस दिन अनलाइन वा सोसल मिडिया नहेर्दा उपयुक्त हुने उनको भनाइ थियो ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend