काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक र केही तालिम केन्द्रमा एसएसपी सरुवाका लागि गृहकार्य भइरहेको छ । काठमाडौं र ललितपुर परिसरका प्रमुख एसएसपी रमेश थापा र होविन्द्र बोगटीको कार्यकाल ९ महिना पूरा भइसकेको छ ।
गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै असोज पहिलो साता नै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन भएका थिए । काठमाडौंको थापा र ललितपुरको कमाण्ड बोगटीलाई दिएर जेनजी बिध्वंशमा भदौ २४ गते फरार भएका कैदीहरुलाई नियन्त्रणमा लिने दायित्व सुम्पिइएको थियो । तर अझै जघन्यदेखि बिभिन्न अपराधमा संलग्न ४ हजार कैदी फरार नै छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिनसकेको छैन ।
जेनजी बिध्वंशमा जेलमा आगजनी र तोडफोड गरी भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै चार हजार कैदीबन्दी फरार रहेको आईजीपी दानबहादुर कार्कीले शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जानकारी दिएका थिए । ४ हजार फरार कैदीबन्दी बाहिरै रहेकाले उनीहरुले फेरि कुनै गम्भीर अपराध गर्नसक्ने संत्रास समाजमा ब्याप्त छ । फरार खुँखार अपराधीका कारण काठमाडौंमा ठूला घटना भए के गर्ने भन्ने प्रश्न निदान हुन सकेको छैन ।
फरार कैदीबन्दीमध्ये कतिपय जघन्य अपराध गर्नेहरु पनि छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को काम जघन्य अपराधीहरु पक्राउ र अनुसन्धान गर्ने भए पनि आर्थिक मुद्दा बोलपत्र(ठेक्का) ह्याकिङ, बैंकिङ र सेयरजस्ता मुद्दामा मात्र केन्द्रित रहेको छ । आर्थिक बिषयसँग सम्बन्धित बिषयमा सीआईबीले दर्जनलाई पक्राउ गरे पनि उसले पेश गरेका मुद्दामा अदालतले कुनै पनि आरोपीलाई पुर्पक्षका लागि समेत पठाएको छैन ।
फेक रेस्क्यु, बैंकका सीईओ, ठेकेदारको प्रकरणमा थुप्रै ब्यक्तिलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरी मुद्दा बुझायो । तर अहिलेसम्म ठेक्का ह्याकिङमा सरकारी कर्मचारी (सब–ओभरसियर) दिवाकर देउजाबाहेक सबै छुटेका पाएका छन् । कोही पुर्पक्षमा गएनन् ।
यसैबीच, काठमाडौं र ललितपुर परिसरको प्रमुख तत्कालै परिवर्तन गर्ने पक्षमा गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार टोली रहेको बुझिएको छ । तर आईजीपी दानबहादुर कार्की भने एक बर्ष कार्यकाल काम गर्न दिनुपर्ने पक्षमा रहेको बताइन्छ । सुलभ अग्रवाललाई हिरासतभित्रै ल्यापटप दिएको बिषयले छानबिन समिति नै गठन भएपछि ललितपुरका बोगटी भने परिवर्तन हुने निश्चित रहेको स्रोत बताउँछ । अग्रवालको ल्यापटप सीआईबीले लगेको छ भने छानबिन काठमाडौं परिसरले गर्ने जिम्मा पाएको छ ।
एसएसपीहरुको सरुवा हुने चर्चासँगै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका लागि दौडधूप चलिरहेको छ । काठमाडौंको प्रमुख(एसएसपी)का लागि अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, दिलीप घिमिरेले शक्तिकेन्द्रमा लबिईङ गरिरहेका छन् । ललितपुर परिसर र तालिम केन्द्रहरुमा पनि यीमध्येबाटै एकजना सरुवा हुनेछन् ।
काठमाडौं र ललितपुरको एसएसपी सरुवामा प्रधानमन्त्रीको सल्लाहकार टीमको सूची अनुसार गर्नुपर्ने हुन्छ । आईजीपी दानबहादुर कार्की गीत संगीतदेखि समितिका बैठकमा ब्यस्त रहिरहेका बेला सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसी शिवकुमार श्रेष्ठलाई काठमाडौं परिसरको प्रमुख बनाउने दाउमा लागेको बताइन्छ । श्रेष्ठलाई काठमाडौं परिसरमा ल्याएमा भूटानी केस ब्यूँताउन सकिने, कांग्रेस–एमालेका नेताहरुलाई ड्यामेज गर्न सकिने योजनामा वालेन्द्रदेखि सुधन गुरुङसम्मलाई उनले कन्भिन्स गरेको स्रोतको दाबी छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend