Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण्डुमा एमालेको सचिवालय बैठक सुरु, ओलीले जवाफ दिने


    आइतबार, जेष्ठ १० २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।

    आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।

    गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ(आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

    ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा ९बादल० र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार