काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । बालेन शाहको नेतृत्वमा रास्वपाले सरकार बनाएपछि लामिछाने पहिलो पटक भारत भ्रमण गर्ने लागेका हुन् ।
भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जान लागेका हुन् । जुन १-२ (जेठ १८-१९)मा हुने भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।
लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ । जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन् ।
भारतले सत्तारुढ पार्टीका प्रमुख नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ । यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गरिसकेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन् । निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । यसअघि संसदको चौथो पार्टी र दुई पटक गृहमन्त्री भएपनि उनी भारत भ्रमणमा गएका थिएनन् ।
प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो । यस्तै मे अन्तिमका लागि तय भएको परराष्ट्रमन्त्री शीशीर खनालको भारत भ्रमण पनि स्थगित भइसकेको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend