नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसो पख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो ।
जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको छ । यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उनले बताए ।
मौसम विभागका प्रमुख अवस्थीले आज साँझ ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गर्दै दिउँसो २स्०० देखि ५स्४५ बजेसम्मको तापक्रमलाई आधार मानी पूर्वानुमान गरिएको उनले जानकारी दिए । उनले बिहीबार यस वर्षको सबैभन्दा बढी ४१ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ ४ गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताए।
प्रमुख अवस्थीले तातो दिन, अधिक तातो दिन र अत्यधिक तातो दिनका रूपमा तापक्रमअनुसार वर्गीकरण गरिने उल्लेख गर्दै कोहलपुरबाहेक राँझा विमानस्थल र खजुरा स्टेसनबाट लिइएको तापक्रमअनुसार निर्क्यौलमा पुगिने जानकारी दिए । “एक दिन गर्मी हुँदा अर्को दिन अलि कम हुने अवस्था पनि देखिएको छ तर गर्मी बढ्दै गएको छ”, उनले भने ।
गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा यस क्षेत्रका स्थानीयले सास्ती खेपिरहनुपरेको छ । विद्युत् आपूर्ति भए पनि कम ९लो० भोल्टेजका कारण घर तथा कार्यालयमा पङ्खा राम्ररी चल्न सकेका छैनन् भने पानी तान्ने मोटरलगायत उपकरण बिग्रिएका नेपालगञ्ज–९ का शिवदत्त भट्टले बताए । उनले विद्युत् आपूर्ति नियमित नहुँदा धेरै सास्ती झेल्नु परेको उल्लेख गर्दै बर्सेनि देखिने यस्तो समस्या शीघ्र समाधान गर्न आग्रह गरे ।
विद्युत् प्राधिकरण केन्द्र नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा लोड ९भार० भएकाले त्यसको असर नेपालगञ्जको विद्युत् लाइनमा परेको जानकारी दिए । उनले भने, “व्यक्तिगत रूपमा दिनरात नियमित विद्युत् आपूर्तिको पक्षमा पहल गरिरहेको छु । तर कोहलपुर ग्रिड शाखाबाट सब स्टेसनमा वितरण हुने विद्युत् ‘लो भोल्टेज’को भएकाले समस्या देखिएको हो ।”
इन्जिनियर मिश्राले कोहलपुर ग्रिडको १३२र३३ केभी प्रसारण लाइनमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि जानकीको बकसपुरमा निर्माणाधीन प्रसारण लाइनको काम सम्पन्न भएपछि हुने बताउँदै योसँगै नेपालगञ्जमा देखिएको विद्युत्को समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन अहिलेसम्म आठ वटा विद्युत् ट्रान्सफर्मर परिवर्तन गरिएको जानकारी दिए । “जहाँ समस्या देखिएको छ, त्यहाँ नयाँ फिडरको व्यवस्था गरिएको छ”, उनले भने ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend