Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा बाराको बैठकमा विवाद, सांसदमाथि हातपातको प्रयास  


    शनिबार, जेष्ठ ९ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद भएको छ।

    जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेपछि विवाद बढेको थियो।

    शनिबार बाराको कलैयामा जिल्ला समितिको विस्तारित बैठक बोलाइएको थियो। जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाएको छ।

    बैठकमा रास्वपाका प्रतिनिधि सभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाललगायत पनि सहभागी थिए।

    बैठकमा विवाद बढ्दै गएपछि रास्वपा कार्यकर्ताले नाराबाजी र होहल्ला सुरु गरेका थिए। त्यसपछि उनीहरूले सांसदहरूमाथि हातपातको प्रयास समेत गरेपछि सांसदहरुलाई प्रहरीले बैठकबाट बाहिर निकालेका थिए। प्रहरीका अनुसार, सांसदलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

    कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार