काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्।
पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्।
उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ ।यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ ।’
उनले थपिन्, ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईँ को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’
उनले अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने बताइन्। उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु सुझाव दिइन्।
‘नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ । व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन’ उनले भनेकी छन्, ‘देश र जनताको हितमा निस्स्वार्थी भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।’
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend