Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विधान नमान्नेलाई बिदा गर्ने गगन थापाको चेतावनी


    शनिबार, जेष्ठ ९ २०८३
    200
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधान नमान्ने र संगठनात्मक काममा अवरोध सिर्जना गर्नेलाई अब ‘धन्यवाद’ दिएर बिदा गरिने चेतावनी दिएका छन्।

    शनिबार बिहान कोइराला निवास पुगेका सभापति थापाले पार्टीको सदस्यता अद्यावधिक बारे र आन्तरिक व्यवस्थापनबारे संचारकर्मीले सोधेको प्रश्नमा थापाले कांग्रेस अब विधि र अनुशासनभन्दा बाहिर जाने प्रवृत्तिप्रति नरम नहुने संकेत गरेका हुन्।

    विपी कोइराला, गिरिजाप्रसाद कोइराला, नोना कोइराला हुँदै अहिले शेखर कोइराला बस्दै आएको ऐतिहासिक कोइराला निवास भदौ २४ मा आगजनीमा परेर ध्वस्त भएको थियो।

    कांग्रेस नेताहरु पूर्व आउँदा कोइराला निवास आउने गर्छन्।

    विशेष महाधिवेशनबाट सभापति चुनिएपछि यसअघि दुई पटक विराटनगर आउँदा कोइराला निवास नपुगेका थापा शनिबार बिहान पुगेका थिए।

    उनी सुनसरीको लौकहीमा पार्टीको नीति तथा प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सहभागी बन्न शुक्रबार सुनसरी आएका थिए।

    उनले पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई मूलधारमा फर्काउने प्रयास भइरहे पनि विधानविपरीत गतिविधि गर्नेलाई संरक्षण नगर्ने स्पष्ट पारे।

    ‘सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ। अधिवेशन लक्षित सदस्यता व्यवस्थापनका लागि साझा संयन्त्र बनाउन पनि हामी तयार छौं,’ थापाले भने, ‘तर पार्टीको काममै अवरोध गर्ने र विधान नमान्ने प्रवृत्तिलाई अब छुट दिइँदैन। आवश्यक परे धन्यवाद दिएर बिदा गरिन्छ।’

    थापाले भदौ २४ गतेको घटनामाथि पनि सरकारमाथि प्रश्न उठाए।

    उनले उक्त घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गर्दै सरकारले धनजनको क्षतिको विषयलाई ओझेलमा पार्न खोजेको आरोप लगाए।

    भदौ २३ गतेको घटनापछि भइरहेको अनुसन्धान र कानुनी प्रक्रियामा कांग्रेसको समर्थन रहेको बताउँदै उनले त्यसको भोलिपल्ट कोइराला निवासदेखि चाक्सीबारीसम्म तथा सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएको क्षतिलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार