Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • टीकापुरमा तालिम गर्दागर्दै ७ सशस्त्र प्रहरीका जवान बेहोस, ५ को अवस्था गम्भीर


    शुक्रबार, जेष्ठ ८ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज (शुक्रबार)बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका छन्।

    सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    बेहोस भएका ५ जनाको अवस्था गम्भीर छ।

    उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

    २ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार