काठमाडौं । वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप नियन्त्रण गर्न नेपाल सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल रोक्का गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले आज एक पत्र जारी गर्दै सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक सवारी सङ्ख्या बढ्दा प्रदूषण र आवागमनमा कठिनाइ भएको जनाएको छ ।
सरकारले यो निर्णय “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३)अनुसार सार्वजनिक हितलाई ध्यानमा राखेर लिएको हो । सरकारले सबै प्रकारका सार्वजनिक सवारी साधन (इलेक्ट्रिक सवारीसमेत) को दर्तामा रोक लगाएको हो ।
विभागले सबै प्रदेश तथा स्थानीय यातायात कार्यालयलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । सरकारले कति समयसम्म दर्ता रोक्का गरिएको हो त्यो भने खुलाएको छैन ।

काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend