काठमाडौं । वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप नियन्त्रण गर्न नेपाल सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल रोक्का गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले आज एक पत्र जारी गर्दै सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक सवारी सङ्ख्या बढ्दा प्रदूषण र आवागमनमा कठिनाइ भएको जनाएको छ ।
सरकारले यो निर्णय “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३)अनुसार सार्वजनिक हितलाई ध्यानमा राखेर लिएको हो । सरकारले सबै प्रकारका सार्वजनिक सवारी साधन (इलेक्ट्रिक सवारीसमेत) को दर्तामा रोक लगाएको हो ।
विभागले सबै प्रदेश तथा स्थानीय यातायात कार्यालयलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । सरकारले कति समयसम्म दर्ता रोक्का गरिएको हो त्यो भने खुलाएको छैन ।

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend