काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सर्वाेच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।
प्रसाईंलाई प्रहरीले प्रक्राउ गरेपछि उनका कानुन व्यवसायी अधिवक्ता आशिष लुइँटेलले गैरकानुनी थुनामा राख्न नपाइने र थुनामुक्तको आदेश माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
यस्तै सर्वोच्चले दुवै पक्षलाई बहसमा बोलाउँदै प्रहरीले गरेको अनुसन्धानको फाइल सरकारी वकीलमार्फत् पेश गर्नसमेत आदेश गरेको छ ।
मेडिकल व्यवसायी तथा राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजकसमेत रहेका प्रसाईँ सोमबार राति बीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।
वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई हिजो मात्रै पर्सा जिल्ला अदालतमा उपस्थित गराएर तीन दिन म्याद लिएको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend