काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सर्वाेच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।
प्रसाईंलाई प्रहरीले प्रक्राउ गरेपछि उनका कानुन व्यवसायी अधिवक्ता आशिष लुइँटेलले गैरकानुनी थुनामा राख्न नपाइने र थुनामुक्तको आदेश माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
यस्तै सर्वोच्चले दुवै पक्षलाई बहसमा बोलाउँदै प्रहरीले गरेको अनुसन्धानको फाइल सरकारी वकीलमार्फत् पेश गर्नसमेत आदेश गरेको छ ।
मेडिकल व्यवसायी तथा राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजकसमेत रहेका प्रसाईँ सोमबार राति बीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।
वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई हिजो मात्रै पर्सा जिल्ला अदालतमा उपस्थित गराएर तीन दिन म्याद लिएको छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend