गीत सार्वजनिक हुँदा यसरी धन्यवाद दिइएका बिकास गौतम (बायाँतिर रातो हाइलाइट) को नाम ५ दिनपछि काटिएको छ ।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की गीत लेख्नुहुन्छ । नेपाल प्रहरीले गीत–संगीतप्रेमी संगठन प्रमुख पाएको छ । आईजीपी कार्कीको देशभक्तिपूर्ण गीत बिभिन्न युट्युबमा सुन्न र हेर्न सकिन्छ । कार्कीको शब्द रचनामा तयार भएको ‘अब बन्छ मेरो देश’ बोलको गीत जेठ १ गते सार्वजनिक भएको छ । उक्त गीत आईजीपी कार्कीले आफ्नै फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ । नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजदेखि बिभिन्न युट्युब च्यानलहरुबाट पनि उक्त गीत सुन्न र हेर्न सकिन्छ ।
आईजीपी कार्कीको शब्द रचनामा तयार भएको उक्त गीतमा गायकदेखि मोडलिङ गर्नेहरुको नाम उल्लेख छ । संगीत दीपक शर्माले दिएको उक्त गीतका गायककारहरुमा सदीक्षा कट्टेल, समीर खरेल, बेनिशा पौडेल र सविन सुवेदी रहेका छन् ।
गीतमा मोडलिङ गर्ने कलाकारहरुमा आर्यन सिग्देल, सबिन कार्की, किरण थापा, कविता नेपाली, चाहना रानामगर रहेका छन् । उक्त गीत सार्वजनिक भएका दिन आईजीपी कार्कीले नवीना खत्री कार्की र विकास गौतमलाई बिशेष धन्यवाद दिनुभएको थियो । आईजीपी कार्कीले गीतमा बिशेष धन्यवाद दिइएका विकास गौतम मोतिदान कन्ष्ट्रक्सन सेवा प्रा.लि.का संचालक भएको स्रोतले बतायो ।
गौतम ८ बर्षअघि भएको दरबारमार्गस्थित ल्याण्डमार्क होटलको सामूहिक बलात्कारका आरोपी थिए । उनलाई जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनले १४ महिना कैद संजाय सुनाएको थियो । उनलाई गीतमा श्रीमती नवीना खत्री कार्कीसँगै धन्यवाद दिइएको थियो । तर ५ दिनपछि जेठ ५ गते उक्त गीतबाट विकास गौतमको नाम हटाइएको छ ।
गीत सार्वजनिक भएकै दिन जेठ १ गते नै नेपालफेस प्रतिनिधिले नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेलाई विकास गौतमका बारेमा सोधेका थिए । ‘आईजीपी कार्कीले ‘अब बन्छ मेरो देश’मा बिशेष धन्यवाद दिइएका पात्र विकास गौतम २०७४ माघ ७ गते दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डमा उच्च अदालत पाटनबाट १४ महिना कैद संजाय सुनाइएका ब्यक्ति हुन्’ भन्ने सूचना आयो । उनी हुन् कि अरु नै विकास गौतम हुन् भनी जिज्ञासा राखेको थियो ।

डीआईजी काफ्लेले बुझेर मात्र जवाफ दिन सक्ने बताउनुभयो । र, केहीबेरपछि उहाँले नेपालफेस प्रतिनिधिलाई फोन गरेर भन्नुभयो–‘तपाईंले भनेको कुरा गलत रहेछ, गीतमा धन्यवाद दिइएका विकास गौतम गजब टीभीमा काम गर्ने सामान्य कर्मचारी रहेछन् । उनले सहयोग गरेकाले धन्यवाद दिइएको रहेछ ।’
तर गजब टीभी मनोरन्जमूलक युट्युब च्यानल भएको र उक्त च्यानलको मुख्य सञ्चालन, व्यवस्थापन र भिडियो निर्माण–निर्देशनको नेतृत्व सुरज शाक्यले गर्दैआएको खुल्यो । उक्त च्यानलमा विकास गौतम नामक कर्मचारी नरहेको बुझिएको छ । तर प्रहरी प्रवक्ता काफ्लेले नेपालफेस प्रतिनिधिसँग गजब टीभीका कर्मचारी भन्नुभयो । तर ५ दिनपछि गीतबाट एकाएक नाम नै हटाइनुले बिशेष धन्यवाद दिइएका पात्र तिनै ल्याण्डमार्क सामूहिक बलात्कार काण्डका विकास गौतम नै भएको आशंकालाई बल पुगेको छ । विवादित ब्यक्तिको नाम परेको बिषयमा मिडियाले सोधीखोजी गरेपछि उनको नाम हटाइएको स्रोतको दाबी छ ।
विकास गौतम पछिल्लो समय भएको ठेक्का ह्याकिङमा पक्राउ परेका र पक्राउको सूचीमा रहेका ठेकेदार र कर्मचारीहरुलाई जोगाउन सेटिङमा समेत लागेको आरोप छ ।गौतमले उच्च प्रहरी अधिकृतसँग आफ्नो पहुँच रहेको भन्दै ह्याकिङमा नाम आएको छ भन्दै केही ठेकेदारहरुलाई फोन समेत गरेको स्रोत बताउँछ ।
नेपाली सेनाको फाष्टट्रयाकको ठेक्कामा गौतमले भारतीय कम्पनीलाई ल्याएर ईबिडिङमार्फत् नै ठेक्का ह्याकिङ गरी हत्याएको आरोप छ । त्यसो त महान्यायाधीवक्तामार्फत् सरकारी वकिललाई दबाब दिई विद्युतीय कारोबारमा मात्र मुद्दा चलाएर कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे र आशिष निर्माण सेवाका ऋषिकेश गौलीसहितका ठेकेदार रिहा भइसकेका छन् ।
आशिष निर्माणका ऋषिकेश गौलीले कम्पनीको सबै ठेक्काको काम छोरा निर्माण गौलीले हेर्ने बयान दिएका थिए । तर सीआईबीले निर्माण गौलीलाई पक्राउ पूर्जी नै नल्याई उन्मुक्ति दिएको छ । ईबिडिङ ह्याकिङमा ठेकेदार पक्राउ पर्न थालेपछि उनी गायब भएका थिए । तर ठेकेदारहरु धरौटीमा रिहा भइसकेपछि उनी नेपालमा आइसकेका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend