Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध सुनुवाइ समितिमा परे सात उजुरी


    आइतबार, जेष्ठ ३ २०८३
    685
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदका २ जना सदस्यको असहमतिका बाबजुद प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् ।

    संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म सात उजुरी दर्ता भएको जानकारी दिएका हुन् ।

    वैशाख २६ गते संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो । समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन १० दिनको समय दिएको थियो । शर्माका बिरुद्ध ७ वटा उजुरी परेका छन् ।

    समितिले उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ । उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म कायम रहने सचिवालयले जनाएको छ ।

    संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषदको सिफारिसमा आएका व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण संसदीय सुनुवाइ समितिले गर्नेछ । त्यसपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

    समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार