काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको छ। अस्पतालको स्वामित्वमा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि देहाय बमोजिमका कार्यहरू तत्काल गर्न तीन बुँदे निर्देशन दिइएको छ।
पहिलो, जग्गाको साँध सीमाना एकीन गर्न भनेको छ। त्यसमा भएका अनाधिकृत संरचनाबारे विस्तृत विवरण पठाउने भनेको छ।
दोस्रो, अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ। त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई समयसीमा तोकेर हटाउन लगाउन भनिएको छ।
तेस्रो, अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend