काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको छ। अस्पतालको स्वामित्वमा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि देहाय बमोजिमका कार्यहरू तत्काल गर्न तीन बुँदे निर्देशन दिइएको छ।
पहिलो, जग्गाको साँध सीमाना एकीन गर्न भनेको छ। त्यसमा भएका अनाधिकृत संरचनाबारे विस्तृत विवरण पठाउने भनेको छ।
दोस्रो, अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ। त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई समयसीमा तोकेर हटाउन लगाउन भनिएको छ।
तेस्रो, अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend