काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिवार बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।
निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान गरेका थिएनन् । चुनावी पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ।
पार्टीभित्रको पछिल्लो अवस्थालाई लिएर सङ्गठनात्मक पुनरावलोकन र चुनावी समीक्षा बैठकको मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ । नेताहरूका अनुसार यस बैठकले पार्टीको आगामी रणनीति, सङ्गठन सुदृढीकरण र नेतृत्वको भूमिकाबारे पनि दिशा निर्धारण गर्न सक्छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend