काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । सरकारको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ । आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय छ ।
नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।
प्रधानमन्त्रीले नै नीति तथा छलफल माथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो । पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेवल गर्न दिन तयार भए पनि छलफलमा तथा जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए ।
विपक्षी दलहरुले प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न उनीहरूले पटकपटक सभामुखसँग आग्रह गरेका थिए । सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रुलिङ गर्न नसक्ने जनाएपछि विपक्षीले हिजो बैठक चल्न दिएनन् । विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजका लागि बैठक स्थगित गरेका थिए ।
अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । अर्थमन्त्रीले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुनेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend