काठमाडौँ । संघीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
बिहान ९:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ ।
परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ ।
त्यसैगरी, बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्नेछ । बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुम्वासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तय गरिएको छ ।
उपत्यकाको सहरी व्यवस्थापन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरोकारवाला निकायसँग परामर्श गरिने संसद सचिवालयले जनाएको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend