Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त


    बुधबार, बैशाख ३० २०८३
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्।

    संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन्।

    सभामुख अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए।

    सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार