काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् ।
सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाइ राख्न समय दिएका थिए ।
सभामुखको समय पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले पुन नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । साथै उनले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे।
जवाफमा सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिए । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उपस्थित हुने नहुनेबारे तय गर्न सकिने भन्दै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे ।
तर सभामुख अर्यालको आग्रहको विपक्षी सांसदहरूले सुनुवाइ गरेनन् । उनीहरू उठिरहे । यही बिचमा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटी उठेर बोल्ने समय माग गरे । तर सभामुखले उनलाई समय दिएनन् ।
प्रमुख प्रतिपक्ष दलका नेता आङदेम्बेलाई एक मिनेटमा आफ्नो कुरा राख्न समय दिए । तर आङदेम्बेले प्रमुख प्रतिपक्ष दललाई समय तोक्नु गलत भएको भन्दै प्रधानमन्त्रीकै नीति तथा कार्यक्रमको जवाफ दिनुपर्छ भनेर भन्नु गल्ती हो र रु भन्दै प्रश्न गरे ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend