काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको अनियमितताको विषयमा छलफल भएको छ।
मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद खुस्बु ओलीले विमानस्थल निर्माण प्रक्रियामा भएको भनिएको अनियमितताबारे प्रश्न उठाएकी हुन्।
यसअघि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पनि सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणसम्बन्धी विषयमा अध्ययन तथा छानबिन गरेको थियो। त्यतिबेला राप्रपाका नेता राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।
उक्त संसदीय उपसमितिले ११ वटा विभिन्न शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो।
हाल सो प्रकरण विशेष अदालतमा विचाराधीन छ। पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा एक पूर्वमन्त्री, चार पूर्व सचिव, एक बहालवाला सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अन्य अधिकारी र निर्माण कम्पनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगले मूल सम्झौता विपरीत कर छुट दिँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको अभियोग लगाएको छ। मुद्दामा चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङ र कम्पनीका दुई प्रतिनिधिलाई पनि मतियारका रूपमा समावेश गरिएको छ।
२१ फागुनको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको पहिलो बैठकमै यो विषय उठाइएको हो।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend