Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै


    सोमबार, बैशाख २८ २०८३
    215
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो ।

    जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदशेस्तरीयको सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा सुरू हुने भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुने छन् ।

    कांग्रेसले यसअघि २६ र २७ वैशाखमा कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो । ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ ।

    त्यसैगरी मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार