Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना


    बिहिबार, बैशाख २४ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

    बिहीबार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुधौली नगरपालिका-१ राँगेस्थित सडकखण्डमा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट-रातमाटेतर्फ बेहुला लिएर जाँदै थियो। तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

    गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका छन्। बेहुला भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका-१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षकै साने विक, ४० वर्षीय सोमबार नेपाली र सिन्धुलीको तीनपाटन-१ का २१ वर्षीय श्याम दुराल रहेका छन्। उनीहरू सबै बेहुलाका आफन्त हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार