काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाकासमेत अघि सारेका हुन् ।
बास्कोटाले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह (पालिका)गरी दुई तहको मात्र सरकार हुनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको तिनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्र बलियो बनाउनुपर्ने बताएका छन् ।
यसैगरी, व्यवस्थापिकाको संरचनामा ठुलो फेरबदलको वकालत गर्दै बास्कोटाले राष्ट्रिय सभाको सदस्य संख्या १०५ सिट बनाउनुपर्ने र त्यसमा महिला तथा पुरुषको प्रतिनिधित्व पूर्ण रूपमा समान अर्थात् ५०/५० प्रतिशत हुनुपर्ने धारणा राखेका छन्। उनले नयाँ व्यवस्थामा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्ने कानुनी प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको संरचनाबारे चर्चा गर्दै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरेका छन्। समानुपातिक सिट हटाएर प्रत्यक्ष निर्वाचन मात्र गराउनुपर्ने र त्यसमा महिला ४० प्रतिशत तथा पुरुष ६० प्रतिशत उठ्ने गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको मत छ।
यसका साथै जिल्ला समन्वय समिति (जिसस)को कुनै औचित्य नरहेको भन्दै बास्कोटाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend