Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, संवैधानिक नियुक्तिबारे छलफल हुने


    बुधबार, बैशाख २३ २०८३
    240
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन शाह (बालेन)ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। बैठक बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बस्ने गरि बोलाइएको छ।

    बैठकमा प्रधान न्यायाधीश नियुक्तिको सिफारिससहित विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक तथा संवैधानिक नियुक्ति प्रक्रियाको बाटो खुलेको हो। अध्यादेश जारी भएसँगै अब परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या चार जना भए पुग्ने व्यवस्था गरिएको छ।

    यस्तै परिषद्को निर्णयका लागि अध्यक्षसहित कम्तीमा तीन सदस्यको समर्थन आवश्यक पर्ने प्रावधान राखिएको छ।

    संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधान न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। हाल सर्वोच्च अदालतमा प्रधान न्यायाधीश पद रिक्त रहेकाले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल परिषदमा सहभागी हुने व्यवस्था रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार