वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन ।
१. प्रधानमन्त्री पद सम्हालेको पहिलो दिन सचिवहरुलाई निर्देशन दिने क्रममा हाम्रा मन्त्रीहरु पढेका छन्, मन्त्रीहरुलाइ नपढाउनु होला । सचिवको काम मन्त्रीलाई पढाउने होइन तर फाइल दस्तावेज तयार गर्दा मौजूदा ऐन–कानून, सन्धि–सम्झौता सबै बिषयको अवस्था देखाएर मन्त्रीलाई निर्णय गर्न सहयोग गर्ने हो ।
सचिवले दस्तावेज फाइल प्रस्ताव नबनाएर पछि मन्त्रीले सचिवालयको लेटरप्याडमा सही गरेर निर्णय गर्ने कुरा आउँदैन । पहिलो दिनमै सचिवहरुलाई दिएको निर्देशन निरङ्कुश शैलीको थियो ।
२. मेरो स्प्रीटमा काम गर्नुहोस् नत्र छोड्नुहोस् । कर्मचारीले कहिले कसरी छोड्ने भन्ने बिषय निजामती सेवा ऐनमा नियुक्तिदेखि अवकाशसम्मका बिधि–प्रक्रिया तोकिएका छन् । निर्वाचित प्रधानमन्त्रीले छोड्नू भनेर धम्कीको भाषा बोलेको सुहाएन । निजामती सेवाको Biological Parents भनेको राजनीतिक नेतृत्व हो । नेतृत्वबाट नै असुरक्षा भए कसरी निजामती कर्मचारीले उच्च मनोबलले काम गर्छन् ?
यस्ता छन् पढेका मन्त्रीले गरेका कामहरु
गृहमन्त्री सुधन गुरुङ (हाल राजीनामा दिएका) ले दुई ठूला राजनीतिक नेता समात्न लगाए । कानूनबिपरीतको धरपकडसम्म पनि जनताले पचाए । जनताको आक्रोश पनि थियो । आफ्नो कार्यक्षेत्र नपर्ने भैतिक पूर्वाधार मन्त्रीको कार्यक्षेत्रभित्र पर्ने सडक निर्माण भइरहेका रोशी खोला क्षेत्र, मुग्लिन सडक निरीक्षण गर्ने र तामझामका साथ निर्देशन दिन भ्याए । उनको निरीक्षणमा बिभागीय मन्त्रालय वा सडक बिभागका कुनै पदाधिकारी साथमा थिएनन् । अहिले बीपी राजमार्ग बन्द छ, दाउन्ने सडक जाम हटेको छैन । युद्वका कारण बिटुमिन नभएर धेरै सडकको काम हुनसकेको छैन । त्यतातिर सम्बन्धित निकायको ध्यान जानुपर्छ कि पर्दैन ।
शिक्षामन्त्रीले ब्रिजकोर्ष हटाउने निर्णय गरेपछि फिर्ता लिए । रास्वपा सांसद सुलभ खरेलकै दाजु र उनको समेत ब्रिजकोर्षमा लगानी भएकाले उनी ब्याक हुनुपरेका समाचारसमेत सामाजिक संजालमा आए । संबिधान अनुसार शिक्षाको अधिकार तीन तहका सरकारमा बिभाजन गरिएको छ । आधारभूत शिक्षाको एकल अधिकार स्थानीय तहको भएको कुरा बिद्वान शिक्षा मन्त्रीलाई जानकारी भएन । प्याब्सन, एनप्याब्सन र स्थानीय तहले संघीय शिक्षा मन्त्रालयको निर्देशन मानेनन् ।
हप्तामा दुई दिन बिदा दिने हचुवा निर्णय । दुई पटक प्रयोगमा ल्याएर असफल भइसकेको होे दुई दिन बिदा दिने ब्यवस्था । नेपाल जस्तो यातायात ब्यवस्थित नभएको देशमा अत्याधुनिक बिकसित देशमा लागू भएको बिधि कार्यान्वयन गर्न कठिन छ । कृष्णप्रसाद भट्टराईको पालामा एक पटक, लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री भएको पालामा दुई पटक यो अभ्यास गरे पनि प्रतिफल नआएकाले अहिले पनि त्यति ब्यवहारिक देखिंदैन ।
अर्थमन्त्रीको अपरिपक्व निर्णय
महिनाको साटो १५ दिनमा कर्मचारीको तलब भुक्तानी ब्यवस्था लागू गर्ने निर्णय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेर चर्चामा आएका छन् । नेपालको सबै प्रणाली भुक्तानी बिधि मासिक रुपमा सूचना प्रबिधिबाट प्रणाली सुनिश्चित गरिएको छ । अर्धमासिक भुक्तानी गर्न सूचना प्रबिधिमा नयाँ प्रणाली स्थापित गर्नुपर्ने हुन्छ । सूचना प्रबिधिमा नयाँ प्रबिधि अपडेट गर्दा थप दायित्व राष्ट्रलाई पर्ने हुन्छ ।
सिमानाका अस्तब्यस्त छ । भारतसँग रोटीबेटीको सम्बन्ध छ । सीमा नाकामा दुबै देशका नागरिक पीडामा छन् । जति नाका कडा गरे पनि तस्करी रोकिएको छैन । भारतका बिदेश मन्त्रालयका प्रवक्ताले पर्ख र हेरको स्थितिमा रहेको जवाफ दिएका छन् । उत्तराखण्ड, उत्तरप्रदेश, बिहार पश्चिम बंगाल, सिक्किम राज्यहरु सीमामा जोडिन्छन् ।
शक्तिशाली मुख्यमन्त्रीकहाँ बिषय पुगेको छ । खासगरी लखनौं राजभवन पटना दुबैतिरका नागरिक पीडित छन् । ब्यापारी पीडित छन्, देखाउनलाइ मात्र सीमा कडा देखिन्छ । सेटिङ मिलाउनेहरु मालामाल छन् । अर्थमन्त्रीले नागरिकलाई बिषय केहो केही बोल्दैनन् ।
बजारमा इन्धनको नाममा धेरै महङ्गी बढेको छ केरा फलफूल लगायत धेरै को मूल्य बढेको छ तर सरकारको तर्फबाट अबस्था केहो कसरी धैर्य गर्ने केही आशाका शब्द प्रतिकृया आउदैन ।
शून्य बाँकी फाइल सप्ताह, कार्यप्रक्रिया सरलीकरण, अस्पताल सुधार निर्देशिका, सहकारी रकम फिर्ता चक्रिय कोष कार्यबिधि सबै टालटुले सुधारका दस्ताबेज सावित भइरहेका छन् ।
हातमा चौबीस घन्टामा लाइसेन्स कार्ड भनेर अफवाह फैलाइयो तर अहिले सम्बन्धित कार्यालयले भनेको दिन दिनसकेका छैनन् । पहिला चिप्स राखेर लाइसेन्स बनाएकोमा हाल क्यूआर कोड राखेर बनाउँदा पनि पर्याप्त पुगेको छैन ।
स्वास्थ्य मन्त्रालयको अवस्था उस्तै
पहिला दरबन्दी नमिलेको, लामो काज आदि बहना बनाएर चिकित्सक स्वास्थ्यकर्मीहरुको काज फिर्ता गरियो । तर आफ्ना मानिस सेट गर्न पद, दरबन्दी, सुगम, दुर्गम केही हेरिएन । अस्पताल सुधार कार्यबिधि बनाइयो तर अस्पताललाई चाहिने जनशक्ति केन्द्रीय अनुदान प्रदान गरिएको छैन । भेरी अस्पताल, भरतपुर अस्पतालको ब्यवस्थापन सर्बेक्षण प्रतिवेदन अर्थमन्त्रालय क्याबिनेटबाट पास भएको छैन, फाइल बढी अर्थमै अड्केको छ ।
संघीय मामिला तथा सामान्य मन्त्रालय बन्यो सरुवा मन्त्रालय
भन्ने चाहिँ ब्यवस्थित सरुवा, गर्ने कसैलाई काखा कसैलाई पाखा । केही अधिकृत धेरै ठाउँ सरुवा हँुदा अत्यन्त पीडामा परेको, कतिपय अधिकृत र उपसचिवले धमाधम राजीनामा नै दिएका समाचार पनि आइरहेका छन् । कर्मचारीलाई खुशी बनाएर कार्यक्षेत्र पठाउने हो । थर्काएर धम्काएर पठाउँदा प्रतिफल राम्रो आउँदैन ।
निजामती ऐनको मस्यौदा आयो । तर जाँच दिने उमेर घटाउँदा युवाहरु तनावमा छन् । एकल ट्रेड युनियन राख्ने ब्यवस्था पनि हटाउँदा कर्मचारीमा अन्योलता बढेको छ । बिगत द्वन्द्वको समयमा राज्यपक्ष र गैरराज्य पक्षबाट कर्मचारीलाई पीडा, तनाव, अपहरण हुँदा कर्मचारी ट्रेड युनियन बोल्ने गरेका थिए । राजाको शाहीकालमा ट्रेड युनियन, नागरिक समाज, मिडिया पहिलो पंक्तिमा लडेका थिए । तत्पश्चात ट्रेड युनियन खोल्न पाउने प्रावधान राखिएको हो । बिगतमा ट्रेड युनियन नेता र राजनीतिक नेतृत्वबाट गलत काम भएको हो । आजको दिनमा दलनिकट ट्रेड युनियन नराखी एकल ट्रेड युनियन राखेर ब्यवस्थापन गर्न आवश्यक छ ।
बिगतका रचना अचानक हटाउनु ब्यवहारिक होइन । बहुदल आउने बितिकै तत्कालीन नेताहरुले अञ्चलाधीश कार्यालय हटाए । जब डोल्पामा माओवादीले हमला गरे, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अञ्चलाधीश कार्यालय हटाउनु गलत भएको स्वीकार गरे । वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको मोदीजस्तै सुविधाको अवसर छ ।
भारतमा डा. मनमोहन सिंहले आधुनिक अर्थतन्त्रको जग बसालेकोमा मोदी सरकारले त्यसमा थप छाना थपेर अर्थतन्त्र मजबुत बनाए । तर वालेन सरकारमा उनका मन्त्री भन्दा सल्लाहकार शक्तिशाली देखिएका छन् । सल्लाहकारको आदेशबिना मन्त्रीहरु केही गर्न सक्दैनन् । मन्त्रीहरु सानोभन्दा सानो काम पनि प्रधानमन्त्रीका सल्लाहकारलाई नसोधी गर्न सक्दैनन् । सांसदहरुलाई बोल्न प्रतिबन्ध जस्तै छ । लोकतन्त्रमा संवाद, छलफल अन्तरक्रियाका आधारमा शासन हुन आवश्यक छ । तर प्रधानमन्त्रीका सल्लाहकारका अगाडि मन्त्री निरीह भएकाले नेपालमा निर्बाचित निशङ्कुशता बढ्ने संभावना छ ।
सबै शासकीय संरचना हटाउँदा फाइदामात्र हुन्छ भन्ने छैन । अमेरिकाका राष्ट्रपति ट्रम्प र एलेन मस्कले Department of Government efficiency DOGE स्थापना गरे धेरै दरबन्दी कटौती गरे । त्यसबाट प्रभावकारिता देखिएन । पछि DOGE खारेज गरे । हतार नगरौं बालेन सरकार ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend