Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु


    मंगलबार, बैशाख २२ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सोमबारदेखि जारी महासंघको ६० औं वार्षिक साधारणसभा अन्तर्गत आज मतदान सुरु भएको हो।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

    तर उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भइरहेको छ । महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन् ।

    ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् । महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदात गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार