काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्ने निर्णय आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि विद्यार्थी र कर्मचारीतन्त्र दलगत प्रभावबाट प्रभावित भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा सर्वसाधारणले “विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो” भन्ने धारणा राख्दै आएको स्मरण गरेका छन्। उनका अनुसार विभिन्न विद्यार्थी र कर्मचारी संगठनहरूले सम्बन्धित क्षेत्रको हितभन्दा बढी दलका “स्लिपर सेल”का रूपमा काम गर्दा योग्यता र क्षमताभन्दा पहुँच र झण्डाको मूल्य बढेको छ, जसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसक्दा नभई विगतका अभ्यासबाट सिकेर गरिएको स्पष्ट पारेका छन्। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ,” उनले भनेका छन्।
प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गरिनेछ। उनले यस्तो निर्णयले अधिकार खोस्ने होइन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गरेका छन्। “अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,” उनले भनेका छन्।
उनले विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिक्नुपर्ने र कर्मचारीले विधि तथा प्रणालीमा आधारित भएर काम गर्नुपर्ने धारणा राखेका छन्। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, यो प्रणाली र भविष्य बचाउने प्रयास हो,” उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले अध्यादेशमार्फत शिक्षालय र कर्मचारीतन्त्रमा देखिएका विकृतिहरू हटाउने प्रयास गरिएको जानकारी दिँदै यसमा सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्। “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” उनले भनेका छन्।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend