काठमाडौ । नेपाल उद्योग बाणिज्य महासङ्घको ६० औ साधारणसभा सोमबारदेखि सुरु भएको छ । यो साधारणसभाले महासङ्घको नेतृत्त्व चयन समेत गर्दैछ । यसैक्रममा महासङ्घमा बस्तुगत संघको तर्फबाट उपाध्यक्षयमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन । श्रेष्ठ टेरामक्स खरिद प्रकरणमा भ्रस्टाचार मुद्दा खेपिरहेका नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतनिकट ब्यबसायी हुन् । उनी बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका पनि निकट हुन ।
बालकृष्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा छन भने मोहन बस्नेत भ्रष्टाचार मुद्वा खेपिरहेका छन् । मोहन र बालकृष्णको आडमा एक कालखण्डमा सिन्धुपाल्चोकको तातोपानी नाकामा हैकम चलाउने गरेको आरोप छ ।
मोहन बस्नेतकै आडमा श्रेस्ठ निर्यात समिति सहित दुई समितिमा तीन कार्यकाल पूरा गरिसकेका र निर्यात र आयात समितिका अध्यक्ष समेत हुन सफल भएका छन ।
उद्योग बाणिज्य महासघमा जो अध्यक्ष हुँदा पनि राजनीतिक दबाब, प्रभाव र सेटिङ मिलाउने कलामा निपुण श्रेष्ठले निर्यात समितिमा तीन कार्यकाल सदस्य भएको फाइदा उठाएर ह्यण्डीक्राफ्टको सामान युरोपमा तस्करी गर्ने गरेको आरोप छ ।
नेपाल क्यान्सर हस्पिटल, अल इन एक्सप्रेस, सिन्धु विकास बैंक, मध्ये भाेटेकाेशी हाइड्रोपावरसहित पानीपोखरी, टङ्गालसहितका स्थानमा दुई तीन वटा हाेटल समेत गरी अरबौ सम्पत्तिका मालिक भएका छन् । उनका भीमसेनगोलादेखि काठमाडौका विभिन्न ठाउँमा घर समेत छन् । सरकारले राजनीतिक नेताहरुको सम्पत्ती छानबिन गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ । पुर्व मन्त्री मोहन बस्नेत सम्पत्ती छानबिनको हिटलिस्टमा छन् । उनीसग जोडिएका नरेशलाल श्रेष्ठ पनि छानबिनको दायरामा आउन सक्छन् । तर तिनै छानबिन गर्नुपर्ने श्रेष्ठलाई चन्द्र ढकाल समुहले महासघको उपाध्यक्षमा बनाएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend