काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।
सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका उनले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताए ।
भारत सरकारको विदेश मन्त्रालयले लिपुलेक भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष साम्पाङले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरे ।
उनले भने, ‘भारतले त्यसो भन्न नपर्ने हो । त्यो भूमि हाम्रो हो । भारतले पहिला देखिनै प्रमाण पुग्दैन भनिराख्या छ । त्यो भूमि हाम्रो हो । सन् १८१६ को सुघौली सन्धीले त्यो भन्छ ।’
सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend