काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतमा देखिएका संस्थागत प्रभाव, नीतिगत अनियमितता तथा राज्य संरचनामाथिको सीमित समूहको नियन्त्रण अन्त्य गर्ने दिशामा सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अघिल्ला वर्षहरूमा भएका आर्थिक दोहन, अनियमितता र राज्य स्रोतको दुरुपयोगसम्बन्धी प्रतिवेदन अध्ययन गर्दा गम्भीर चिन्ता उत्पन्न हुने गरेको बताए। नेपालका जनताको हितविपरीत भएका कार्यले आफूलाई स्तब्ध बनाउने उनको भनाइ थियो।
उनले सीमित प्रभावशाली समूहको राजनीतिक तथा प्रशासनिक पहुँच, नीतिगत मिलेमतो र केही व्यावसायिक तथा राजनीतिक पात्रबीचको अस्वस्थ सम्बन्ध अब दीर्घकालीन रूपमा अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे। वर्तमान सरकारले स्वच्छ र पारदर्शी शासनको सन्देश दिन खोजिरहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले विगतका त्रुटि वा गैरकानुनी अभ्यासलाई निरन्तरता नदिन निजी क्षेत्रलाई आग्रह गर्दै अनियमिततामा संलग्न व्यक्तिको संरक्षण नगर्न सचेत गराए।
उनका अनुसार सुधारको प्रक्रिया केही पक्षका लागि असहज हुन सक्ने भए पनि विधि, नीति र कानुनी संरचनामा रहेका जटिलताले इमानदार व्यवसायीले दुःख पाएको गुनासो सम्बोधन गर्न सरकार अग्रसर छ। त्यसका लागि सम्बन्धित ऐन, नियम तथा प्रक्रियामा सुधारको काम अघि बढाइएको उनले जानकारी दिए।
वाग्लेले कर तिर्ने, रोजगारी सिर्जना गर्ने, पारदर्शी ढंगले व्यवसाय सञ्चालन गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए। यस्तो राजस्व शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार र गरिबी न्यूनीकरणमा लगानी गर्न उपयोग हुने उनको भनाइ थियो।
उनले लगानी प्रवर्द्धन, निजी क्षेत्रमैत्री नीति तथा स्वच्छ व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend