Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने


    आइतबार, बैशाख २० २०८३
    290
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

    उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई आइतबारका लागि परामर्श बैठकमा आमन्त्रण गरिएको जनाइएको छ। छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थामा आबद्ध व्यवसायीहरूलाई निमन्त्रणा पठाइएको स्रोतले जनाएको छ।

    बैठकमा वर्तमान आर्थिक अवस्था, लगानी तथा व्यावसायिक वातावरण सुधारका उपाय, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक कठिनाइ तथा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुझावबारे विचार-विमर्श हुने बताइएको छ।

    निजी क्षेत्रका एक प्रतिनिधिका अनुसार पछिल्ला समय उद्योगी(व्यवसायीमाथि कानुनी कारबाहीका घटनाले व्यावसायिक समुदायमा चासो र चिन्ता बढेको सन्दर्भमा उक्त संवाद आयोजना गरिएको हो।

    व्यवसायी समुदायले कुनै आरोप वा विवादका विषयमा निष्पक्ष छानबिन र आवश्यक प्रमाणका आधारमा मात्र कारबाही अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार