काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई आइतबारका लागि परामर्श बैठकमा आमन्त्रण गरिएको जनाइएको छ। छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थामा आबद्ध व्यवसायीहरूलाई निमन्त्रणा पठाइएको स्रोतले जनाएको छ।
बैठकमा वर्तमान आर्थिक अवस्था, लगानी तथा व्यावसायिक वातावरण सुधारका उपाय, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक कठिनाइ तथा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुझावबारे विचार-विमर्श हुने बताइएको छ।
निजी क्षेत्रका एक प्रतिनिधिका अनुसार पछिल्ला समय उद्योगी(व्यवसायीमाथि कानुनी कारबाहीका घटनाले व्यावसायिक समुदायमा चासो र चिन्ता बढेको सन्दर्भमा उक्त संवाद आयोजना गरिएको हो।
व्यवसायी समुदायले कुनै आरोप वा विवादका विषयमा निष्पक्ष छानबिन र आवश्यक प्रमाणका आधारमा मात्र कारबाही अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend