काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन सुरु गरिएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘शान्तिमा भविष्य निर्माणस: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ । यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माण उपकरणको रूपमा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।
राष्ट्र सङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनले भ्रमणका...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend