काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रवक्ता मनिष झाले आज शोक विज्ञप्तिमार्फत धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।
साथै उनले यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्राप्त विवरणअनुसार लु१ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको हो । करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनाले अपूरणीय क्षति पुर्याएको छ ।
“विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले यस दु:खद्घ घटनाले फेरि एकपटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनाहरू तथ्यांक मात्रै होइनन् यी नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्नेमा सचेत रहेको जनाएको छ ।
रास्वपाले आगामी दिनमा यस्ता दुस्खद् घटनाको पुनरावृत्ति हुन नदिन सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend