Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संसद छलेर अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत हो: काँग्रेस


    मंगलबार, बैशाख १५ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संसद रोकेर दुई वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेसले यसलाई शक्ति केन्द्रीयकरणतर्फको खतरनाक संकेत रहेको बताएका छन् ।

    सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सदनमा स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको बताएका हुन् ।

    ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’ वक्तव्यमा उल्लेख छ ।

    अहिले रास्वपाको एकल सरकार छ । सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार