काठमाडौं । पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय पढाउने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सम्बन्धित निकायका पदाधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गर्नुपर्ने बताएका हुन् ।
आफू मन्त्री हुँदा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपको ढाँचा तयार गर्न र पाठ्यपुस्तक विकास गर्न दिएको निर्देशन पालना नभएकोमा उनले आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब यिनीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गरिन्छ- यही शैक्षिक सत्र देखी हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने भनेर मैले मन्त्री हुँदा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई तत्कालै ढाँचा तयार गर्न, पाठ्यक्रम विकास केन्द्रलाई पाठ्य पुस्तक विकास गर्न, शिक्षा आयोगलाई कम्प्युटर शिक्षकको लाइसेन्सको जाँच लिन र अर्थमन्त्रालय मै गएर अर्थ मन्त्री र सचिव सँगै बसेर शिक्षक दरबन्दीको व्यवस्था गर्न गरेको निर्णय र आदेश पटक्कै पालना गरेनछन् ।’
पुनले आफू मन्त्री पदमा रहँदा ती कामहरू सुरु भइसकेकाले कार्यान्वयन भयो होला भन्ने ठानेको तर अहिले बुझ्दा केही पनि प्रगति नभएको पाएको उल्लेख गरे ।
‘उति बेला काम सुरु गरी सकेका थिए । त्यसैले मैले त काम भयो होला भन्ठानेको थिएँ तर केही भएको रहेनछ,’ उनले भनेका छन् ।
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend