काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्ननसम्म एक हजारभन्दा बढी परिवारले सुकुम्बासीका रूपमा आफ्नो नाम र विवरण दर्ता गराएका छन्।
सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।
अहिलेसम्म १०७८ परिवारले आफूलाई सुकुम्बासी भन्दै नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए।
उनका अनुसार एउटा परिवारमा औसत चार जना सदस्य छन्। यस अनुसार अहिलेसम्म ४ हजारभन्दा बढीको नाम दर्ता भएको छ। यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन्।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्। समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।
रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend