काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सरकारले थालेको प्रशासनिक पुनर्संरचनामा साबिकको ७ मन्त्रालयको मोडलमा अघि बढ्न सुझाव दिएको छ ।
नेकपा बागमती प्रदेशसभा संसदीय दलले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना प्रतिवेदनप्रति असहमति जनाउँदै मन्त्रालय सङ्ख्या ७ वटामा सीमित गर्न प्रस्ताव गरेको हो ।
दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुझाव पत्र बुझाउँदै प्रशासनिक सुधारलाई प्रभावकारी, मितव्ययी र परिणाममुखी बनाउन आग्रह गरेका हुन् ।
उनले एउटै उद्देश्यका लागि दुई वटा छुट्टाछुट्टै समिति गठन गर्नु आवश्यक नभएको र मन्त्रीको नेतृत्वमा विज्ञसहितको एउटै समिति गठन गरी अध्ययन गर्नु उपयुक्त हुने बताए ।
बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका लागि प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समिति र पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा विज्ञ समूहको सुझाव समिति गठन गरेको थियो । उक्त समीतीको सुझाव अनुसार प्रदेशमा ८ मन्त्रालय कायम गर्ने गरी सरकार अघि बढेको छ ।
जसमा नेकपाले असहमति जनाएको हो । नेकपाले रणनीतिक महत्वका मन्त्रालयहरू हटाउने र गाभ्ने काम गर्न नहुने जनाएको छ । सोही अनुसार नेकपाले साबिकको ७ मन्त्रालयको मोडलमा अघि बढ्न मुख्यमन्त्री बानियाँलाई आग्रह गरेको हो ।
नेकपाले प्रदेश सरकारको आकार घटाउँदै खर्च नियन्त्रण गर्न प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी तथा सहकारी मन्त्रालय र उद्योग, संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गर्न प्रस्ताव गरेको छ । उक्त मोडल साबिकको प्रदेश संरचना स्थापनाको बखतमा रहेको थियो ।
प्रदेश स्थापना कालमै रहेको उक्त संरचना वैज्ञानिक, सन्तुलित र व्यवहारिक रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने नेकपाको भनाइ छ । मन्त्रालयहरुबीच कार्य दोहोरोपन नहोस् र हस्तक्षेपकारी अवस्था नआओस् भन्ने विषयमा पनि दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेता जम्कट्टेलले बताए । साथै, प्रदेश प्रहरी समायोजन प्रक्रिया कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय खारेज गर्नु उपयुक्त नहुने नेता जम्कट्टेलको भनाई छ ।
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend