काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश समितिका इन्चार्ज र संयोजकहरू तोकेको छ । पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरू टुङ्गो लगाएको हो ।
कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इन्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इन्चार्जमा डा।गंगालाल तुलाधर, गण्डकी प्रदेश इन्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इन्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल छन् ।
यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङले पाएकी छन् ।
कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ तोकिएका छन् ।
यसैगरी लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजकमा बिमला केसी, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी छन् ।
यस्तै उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् ।
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend