Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कानुन ब्यवसायीसामु झुक्यो सरकार, परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने


    बिहिबार, चैत्र २६ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन ब्यवसायीहरुसँग सरकार झुकेको छ । बार काउन्सिलको परिचपत्रपत्रका आधारमा मुलुकको केन्द्रीय प्रशासनिक अड्डा सिंहदरबारमा प्रवेश गर्दैआएका कानुन ब्यवसायीहरुलाई सरकारले रोक लगाएको थियो । सर्वत्र बिरोधपछि शुक्रबारदे्खि कानुन ब्यवसायीहरु सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।

    प्रशासकीय अदालत सिंहदरबारभित्रै भएकाले कानुन ब्यवसायीहरुले बार काउन्सिलको परिचयपत्रका आधारमा प्रवेश गर्न पाउँदैआएका थिए । तर मंगलबारबाट सरकारले रोक लगाएर भित्रबाट पास लिएर मात्र जान पाउनेगरी रोक लगाएपछि नेपाल बार एशोसिएसनदेखि कानुन ब्यवसायीसँग सम्बन्धित संघ संगठनहरुले बिरोध गरेका थिए ।

    सिंहदरबार प्रवेश गर्न दिनुपर्ने पक्षमा बरिष्ठ अधिवक्ताहरुले समेत सामाजिक संजालमा लेखेपछि सरकार झुक्न बाध्य भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार