काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महरा, उनका कान्छा छोरा राहुल महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चिनियाँ तस्करी गिरोहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराउन उनीहरूको संलग्नता देखिएको छ । पुस २०७९ मा भेपभित्र लुकाएर नेपाल भित्र्याइएको सुन ‘पास’ गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
यसअघि यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले महरालाई पक्राउ गरेको थियो । तर, पक्राउ परेको पाँच दिनमै उनी छुटेका थिए । सीआईबीले भेप तस्करी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ व्यक्तिहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको भन्दै महरालाई क्लिन चिट दिएको थियो ।
महरासँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा पूर्वमाओवादी विद्यार्थी नेता दीपेश पुनलाई पनि सीआईबी अनुसन्धानबाट सफाइ दिइएको थियो ।
तर, सरकारी अनुसन्धानले भने कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको चिनियाँ तस्करी गिरोहसँग पटक–पटक टेलिफोन सम्पर्क भएको देखाएको थियो । अनुसन्धानअनुसार बाबु–छोराले उक्त गिरोहसँग २ सय ५६ पटक फोन सम्पर्क गरेका थिए।
यति धेरै सम्पर्क देखिए पनि प्रारम्भिक अनुसन्धानमा कृष्णबहादुर महरा प्रतिवादी नबनेको विषयले त्यतिबेला नै गम्भीर प्रश्न उठाएको थियो ।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend